दफा १०३
एक कसुरको अभियोग लागेको अभियुक्तलाई अर्को कसुरमा सजाय दिनसक्ने
(१)देहाय बमोजिमको कसुरको अभियोग लगाइएको अभियुक्तलाई सैनिक अदालतले देहाय बमोजिमको कसुरमा दोषी ठहयाई सजाय दिन सक्नेछ ः-
(क) भगुवाको अभियोग लगाइएकोलाई भाग्ने उद्योग गरेको वा गयल भएको कसुरमा,
(ख) भाग्ने उद्योग गरेको अभियोग लगाइएकोलाई गयल भएको कसुरमा,
(ग) आपराधिक वल प्रयोग गर्ने अभियोग लगाइएकोलाई हमला गरेको कसुरमा,
(घ) धम्कीको वोली प्रयोग गर्ने अभियोग लगाइएकोलाई मर्यादा नराखी होच्याई वोलेको कसुरमा,
(ङ) दफा ४९ को खण्ड (क) वा (ख) बमोजिमको कुनै कसुरको अभियोग लगाइएको व्यक्तिलाई सोही दफाको खण्ड (ग) बमोजिमको कसुरमा ।
(२) यस ऐनबमोजिम कुनै कसुरको अभियोग लगाइएको अभियुक्तलाई कडा सजाय हुने परिस्थितिमा सो कसुर गरेको भनी प्रमाणित नभएमा सैनिक अदालतले सामान्य परिस्थितिमा कसुर गरेको मानी कम सजाय दिन सक्नेछ ।
(३) यस ऐनबमोजिम कुनै कसुरको अभियोग लगाइएको अभियुक्त उपर सो कसुर गर्न उद्योग गरेको वा सुयाएको भनी छुट्टै अभियोग नलगाइएको भए तापनि सैनिक
अदालतले त्यस्तो कसुर गर्न उद्योग गरेको वा सुयाएको भनी दोषी ठहयाई सजाय दिनसक्नेछ ।